बुधबार, वैशाख १७, २०८२

अध्यादेश पेश नभइ राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित

नेपालखोज २०८१ माघ २४ गते १४:०१

काठमाडौं । राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । बैठक आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो ।

बिहीबारको बैठकमा दुईवटा विधेयक पेश भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेश गरेका हुन् । यसैगरी शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेश गरिन् ।

आजको बैठकमा अध्यादेश पेश गर्ने भनिएपनि राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेश भएको बताइएको छ ।

प्रतिक्रिया