बुधबार, वैशाख १७, २०८२

अध्यादेश आज निर्णयार्थ पेश गर्ने निर्णयबाट पछि हट्यो सरकार

नेपालखोज २०८१ माघ २४ गते १४:५९

संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेश आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

प्रतिनिधि सभामा बहुमत भए पनि सरकारसँग राष्ट्रियसभामा बहुमत छैन । बहुमत जुटाउनको लागि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कुरा गरेको भए पनि अध्यादेश आज निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

प्रतिक्रिया