आजको प्रमुख हेडलाइन

नेपालखोज २०८१ माघ २४ गते १८:२९

– दुवै सदनमा अध्यादेश निर्णयार्थ पेस नहुने , निर्णयबाट पछि हट्यो सरकार ।
– अपर तामाकोशीको बोर्ड बैठकमा तनाब, घिसिङले स्वतन्त्र सञ्चालकलाई प्रहार गरे ‘गिलास’ ।
– छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु ।


– आशा लघुवित्तले छ महिनामा कमायो दुई करोड ३६ लाख रुपैंयाँ खुद मुनाफा ।
– माध्यमिक तहको स्वास्थ्य विषय अनिवार्य बनाउन सरोकारवालाहरु एकमत ।
– सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक २०८१ संशोधन गर्नुपर्ने माग गर्दै अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने ।
-बागमती सरकारले प्रदेशमा चल्ने एम्बुलेन्सको भाडादर गर्‍यो निर्धारण ।
– एक वर्षपछि अघि बढ्यो जाजरकोट भूकम्पपछिको विस्तृत क्षतिको मूल्याङ्कन ।
-युक्रेन पुगेर विगत ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार ।
– भौतिक पूर्वाधारमन्त्री दाहाल र भारतीय राजदूतबीच नेपाल(भारत रेल मार्गबारे छलफल ।
– समस्याग्रस्त अवस्थामा रहेका सङ्घीय स्तरका १९ सहकारी संस्थाका बचत सदस्यलाई आफ्नो बचतको छुट दाबी पेस गर्ने मौका ।
– सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु ।
– कमलपोखरिस्थित सान्दार मस्मस् मा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते २ को अवस्था गम्भीर ।
– ६ वटा त्रुटी सच्याउने शर्तमा निर्माण कम्पनीले थाल्यो ग्वार्को फ्लाइओभर निर्माणको काम ।
– बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ ।
– नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार ११।६४ अंकले घटेर २६ सय ९९।८१ अंकमा , ३१५ वटा कम्पनीको ९२ हजार ३२६ पटकको कारोबारमा एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर किनबेच, कुल कारोबार रकम ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार २८७ रुपैयाँ ।
-अमेरिकी डलरको बिक्रीदर १४० नाघ्यो ।
– आज एकै दिन तोलामा १६ सयले बढ्यो सुन, तीन दिनमा ५ हजार ७ सयको वृद्धि ।
– ८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा ।
– नागरिक लगानी कोषको नाफा १४।०८ प्रतिशतले बढ्यो ।
– कार्यविधि संशोधन गरेर सहुलियतपूर्ण कर्जा सम्बन्धी व्यवस्था परिर्वतन हुँदै, सीमा घटाउने तयारी ।
– विश्वभर चर्चित ‘भोजपुरे खुकुरी’ उद्योगहरू बन्द हुने अवस्थामा ।
– घरभाडा खर्च अर्ब नाघेपछि कूटनीतिक कर्मचारीलाई कस्दै सरकार, प्रमुख सडकका घर भाडामा लिन नपाउने ।
– इन्टरनेटको एडिक्सन र बुलिङको समस्या विपद्कै रूपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुबाट चिन्ता व्यक्त ।
– इटहरी उपमहानगरभित्रको राजनीतिक विवाद उत्कर्षमा, मेयर(उपमेयर नै आमनेसामने ।
-नेपाल ग्यास उद्योग संघबाट सरकारले १९ बुँदे माग पूरा नगरे फागुन २२ गते पछि ग्यासको बिक्री वितरण रोक्ने चेतावनी ।
– प्रभु केवलकारले प्राइभेट ईक्युटी र स्टक ब्रोकर कम्पनीमा लगानी गर्ने ।
– अदालतको आदेशपछि हेटौँडाको फोहोर संकलन रोकियो ।
– एभियाक्लब पोखराबाट सगरमाथा र त्यस वरपरका चुचुरा तथा कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको परीक्षण उडान ।
– नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरण हुने ।
– हनी ट्रयाप संलग्न रहको अभियोगमा चितवन रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य पक्राउ ।
– ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका सबै ७० जना रिहा ।
– सरकार आवासीय चिकित्सकका माग सम्बोधन गर्न तयार ।
– नौं बर्षदेखि आयोजना हुँदै आएको मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि संचालन हुने ।
– चलचित्र ुजुना एक व्यथाु भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने ।
– काठमाडौंमा ‘नेपाल–भारत रङ्ग महोत्सव’ , माघ ३० गतेसम्म चल्ने महोत्सवमा छ वटा नाटक प्रदर्शन गरिने ।
– रामकृष्ण ढकालले गरे ‘लता मंगेशकर लभ इन मेमोरी’ कार्यक्रम ।
– अर्जुन ट्रफीमा बैतडीसँग काठमाडौँ पराजित ।
– बेलायती राजकुमारले दिए १९ नेपाली युवालाई गोल्ड अवार्ड ।
– महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले आगामी चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने ।
– मेची रङ्गशालामा आगामी फागुन ७ गतेदेखि अन्तरराष्ट्रियस्तरको ‘भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता हुने ।
– नेदरल्याण्ड्सले थाइल्याण्डलाई एक विकेटले हरायो, नेपाल र थाइल्याण्डको खेल शुक्रबार ।

स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु
बेलायतका अधिराजकुमारको नेपाली काष्ठकलामा चासो
नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार ड्युक अफ एडिनबरा एडवार्ड भक्तपुरको भोकेशनल एकेडेमीमा त्यहाँका कालीगडको काष्ठकला अवलोकन गर्नुहुँदै । तस्बिर : रमेश गिरी र रासस

प्रतिक्रिया