शुक्रबार, वैशाख १२, २०८२

कविता : याद छ तिमिलाई

वसन्त बस्नेत  २०८१ माघ २५ गते ९:२९

याद छ तिमिलाई रहरै रहरमा

सहरको भिड बाट एका अर्कालाई खोजेको

त्यिनै रहरले त हुन

एका अर्काको आँखामा

एका अर्काको तस्बिर भेटेको

याद छ तिमिलाई

लुकी लुकी घरमा टाढी टाढी

एका अर्कालाई दिनहुँ भेटेको

टुटे फुटे, साहित्य तिमिलाई सम्झिँदै लेखेको

अनि तिमी भने त्यही पढ्दै मलाइ गिजाएको

याद छ तिमिलाई

त्यो अन्तिम भेट

साथ कहिले नछाड्ने बाचा

त्यी गह भरी आशु

अनि कयौँ यादहरू

याद छ तिमिलाई।

प्रतिक्रिया