सुपर माछा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैकले लगानी गर्नै

काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका-४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ । उक्त आयोजनामा लगानीसम्बन्धी सम्झौतामा आज बुढी गण्डकी हाइड्रोपावर प्रा.ली.को तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् ।
कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछन् । बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।
कम्पनी अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र बिनोद थापा सहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् । यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याई सकेको छ साथै कम्पनीको प्राथमिक शेयर निष्कासन (क्ष्एइ) तत्काल नै जारी हुने प्रक्रियामा समेत रहेको छ ।
हाइड्रोपावरमा अनुभव बटुलिसकेका यो समूहले यस बुढिगण्डकी हाइड्रोपावर आगामी १८ महिना भित्र सञ्चालनमा ल्याउने जनाएको छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ ।
आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्टिचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले अबको ६ महिनामा नै कम्पनीलाई पब्लिक लिमिटेड गरी प्राथमिक शेयर ९क्ष्एइ० मा गई छिट्टै सर्वसाधारणको लागि सेयर जारी गर्ने तयारी समेत गरेको छ ।
आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न र यसै वर्ष सुरु गर्ने गरी थप २२ मेगावाट क्षमताको जल्दिगाड हाइड्रोपावर बनाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया