सोमबार, चैत १०, २०८१

करिब छ सय किलो गाँजा सहित एक जना पक्राउ

नेपालखोज २०८१ माघ २५ गते १५:४२

महोत्तरी । भंगाहा नगरपालिका–६ मजरास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६ सय किलोग्राम सहित उदयपुर कटारी नगरपालिका–१ बस्ने २३ वर्षीय गणेश बहादुर विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

अस्थायी प्रहरी पोष्ट जमुनियाबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको ४० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक गणेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

मोरङको बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ८० मिलिग्राम सहित उर्लाबारी नगरपालिका–७ बस्ने २० वर्षीय अमन मियाँलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित चितवन भरतपुर महानगरपालिका–४ बस्ने २६ वर्षीय समिर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–११ बस्ने १९ वर्षीय कन्हैया सोनी र सोही महानगरपालिका–६ बस्ने २२ वर्षीय आशिष कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरको को.३४ प ८२०० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको कन्काई नगरपालिका–४ त्रिवेणी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय डम्बर बहादुर माझीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया