मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य
नेपालखोज
२०८१ माघ २५ गते १६:२३

काठमाडौं । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेका छन् ।
केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, बिज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले शुक्रवार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन ।
मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पुर्णता पाउने र बर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने बिश्वास ब्यक्त गरे । सरकारले भूमि क्षेत्रका समस्यालाई दिगोरुपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाई छ ।
शुक्रबार नियुक्त भएका सदस्यहरुको बिवरण यसै साथ राखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया