आजको प्रमुख हेडलाइन

नेपालखोज २०८१ माघ २५ गते १८:१७

– सातवटै प्रदेशका मुख्यमन्त्रीसँग  प्रधानमन्त्री ओलीको संवाद , विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे जानकारी ।

– सरकार कृषि ऐन जारी गर्ने तयारीमा ।

– बैकिङ तथा वित्तीय क्षेत्रलाई खलबलयाउने गतिविधि भएको भन्दै बैंकिङ क्षेत्रका तीनवटा संस्थाबाट आपत्ति , भन्यो

– सर्वसाधारणको निक्षेप सुरक्षित छ, भ्रम फैलाउनेलाई कारवाही हुनुपर्छ।

– विद्युतीय व्यापार विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा प्रस्तुत । – रविलाई निर्दोष मान्न नमिल्ने भन्दै अदालतले लियो यी १२ आधार ।

– दिनेश त्रिपाठी कुटपिट गर्ने रास्वपाका जिल्ला उपाध्यक्षसहित तीनै जनासँग१/१ लाख धरौटी माग ।

– जर्मनस्थित नेपाली राजदूतावासबाट कुनै पनि बहानामा युक्रेन प्रवेश नगर्न नेपालीहरूसँग आग्रह ।

– निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय ।

– नेसपा (नयाँ शक्ति) महाधिवेशन: नेत्र चापागाईंले गरे अध्यक्षमा उम्मेदवारी घोषणा ।

– हमासको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबाट इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता ।

– मधेस केन्द्रित ८ दलीय मोर्चाविरुद्ध अर्को मोर्चा निर्माण ।

– नेपाल बिमक संघ अध्यक्षमा क्षेत्री निर्विरोध निर्वाचित । – ६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स ।

– अरुण भ्याली हाइड्रोपावरको नाफा ७३४.९४ प्रतिशतले बढ्यो ।

– यो साता ५१ अर्ब ९५ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच ।

– सुपर माछा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैकले लगानी गर्ने ।

– चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै २०० किलोमिटर सडक कालोपत्रे ।

– ठमेलमा एक समूहबाट कुटिए ड्युटीमा खटिएका दुई जना प्रहरी ।

– चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा प्रथम राष्ट्रिय डेरि प्रदर्शनी सुरु ।

– नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) बाट सोलुखुम्बुको स्यानबोचेमा जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न ।

– मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक एक महिनाका लागि बन्द ।

– विदेशी दातृ निकायमार्फत ६ महिनामा सरकारले खर्चियो ३६ अर्ब, सबैभन्दा कम एमसीसीमा ।

– १५ हजार मेगावाट बिजुली भारत निर्यातका लागि पुग्ने प्रसारणलाइन बनाउने सहमति गर्न दिल्ली जाँदै सचिव ।

– राष्ट्रिय गौरवका आयोजनाको प्रगति छैन सन्तोषजनक , ६६ अर्ब विनियोजन गर्दा १७ अर्ब खर्च ।

– महिला उद्यमीका उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा प्रदर्शनीको आयोजना । 

– झापामा बालिका बलात्कार आरोपमा युवक पक्राउ । – कल वाइपास गरेको आरोपमा एक व्यक्ति पक्राउ ।

– झापाको बिर्तामोड नगरपालिका-४ स्थित एभरेष्ट होटल एण्ड लजमा सँगै बसेका युवक मृत भेटिएपछि पक्राउ परिन् युवती, सञ्चालक पनि नियन्त्रणमा ।

– सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा दाङ लमही नगरपालिका–५ घर भएका २१ वर्षीय रवि सिंह रसैली पक्राउ ।

– काठमाडौंमा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ ।

– मदन राईलाई बालयौन दुरूपयोगमा साढे दुई वर्ष कैद सजाय, नैतिक पतन देखिने फौजदारी कसुर गरेको ठहर ।

– बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको  ट्रकबाट करिब ६ सय किलोग्राम अवैध गाँजा सहित २३ वर्षीय गणेश बहादुर विश्वकर्मा पक्राउ ।

– सुनसरीको देवानगंज गाउँपालिका-७ सिनवारीबाट करिब २९६ किलो ८५० ग्राम लागूऔषध गाँजा बरामद ।

– नवलपुरमा गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो ।

– कैलालीमा २३ वर्षीया आमा र २ वर्षकी छोरी घरभित्र मृत भेटिए ।

– गुडिरहेको ट्याक्टरबाट खस्दा चक्काले कुल्चेर महिलाको मृत्यु ।

– विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु ।

– झापाबाट काठमाडौँ आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते , बीपी राजमार्गमा पर्ने गोलन्जोरमा सडकबाट ४ सय मिटर तल खस्यो गाडी ।

– कालीकोटमा भिरबाट ट्रक खस्दा गाडी धनीको मृत्यु, चालकले फाल हानेर ज्यान जोगाए ।

– बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु ।

– फिल्म ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)बाट ‘यू’ सर्टिफिकेट पायो ।

– आज शुक्रबारबाट तीन नयाँ नेपाली फिल्म ‘ममी’, ‘सारंग’ र ‘जुनाः एक व्यथा’ प्रदर्शनमा ।

– चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने ।

– ‘पूर्णबहादुरको सारङ्गी’ले मनायो सयौँ दिन । – कन्दराले इलाम, पाँचथर, ताप्लेजुङ र झापामा प्रत्यक्ष प्रस्तुति दिने ।

– टी-२० सिरिजको उत्कृष्ट नेपाली महिला खेलाडी बन्दै पूजा महतोले जितिन् स्कुटर ।

– १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा गर्न संसदीय समितिको निर्देशन ।

– ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्‍याली शनिबार बिहान साढे ६ बजेदेखि । – अर्जुन ट्रफीको सेमिफाइनल समीकरण पूरा, डडेल्धुराले र बुटवल तथा धनगढीले अत्तरियासँग खेल्ने ।

– नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित , त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाली टोलीको यात्रा जितविहीन रुपमा टुंगियो ।

स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु

बेलायतका अधिराजकुमार नेपाली परिवारजनलाई भेट्नुहुँदै नेपाल भ्रमण रहनुुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित एक समारोहमा बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका नेपाली युवा तथा परिवारजनलाई भेट्नुहुँदै । तस्बिरः वासुदेव पौडेल/रासस

प्रतिक्रिया