चार करोड ६५ लाखमा बने सशस्त्र प्रहरीका चार भवन

बनियानी । माघस्झापाका चार स्थानमा सशस्त्र प्रहरी बलका भवन निर्माण भएका छन् । भद्रपुर र काँकडभिट्टामा सीमा सुरक्षा गुल्म तथा महेशपुर र ज्यामिरगढीमा बोर्डर आउट पोस्ट (बिओपी) का निम्ति ती भवन निर्माण भएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका प्रमुख प्रहरी उपरीक्षक कविन्द्र राईका अनुसार चार करोड ६५ लाख ५६ हजार ६७४ रुपैयाँको लागतमा ती भवन निर्माण भएका हुन् ।
मेचीनगर-७ मा नौ कट्ठा दुई धुर जग्गा खरीद गरी एक करोड ३९ लाख ९ हजार ४२६ रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।
यसैगरी, भद्रपुर नगरपालिका-५ स्थित देवीबस्तीमा १० कट्ठा जग्गा खरीद गरी एक करोड ३१ लाख ३७ हजार ३३३ रुपैयाँको लागतमा सुरक्षा गुल्मका निम्ति भवन निर्माण गरिएको हो ।
मेचीनगर-१५ स्थित लिम्बूडाँडामा एक बिगाह ऐलानी जग्गामा एक करोड १३ लाख ८१ हजार ४०३ रुपैयाँ र सोही वडाको ज्यामिरगढीस्थित अर्को भवन बनाइएको हो ।

प्रतिक्रिया