आजको प्रमुख हेडलाइन

– तीन दिनदेखि लगातार घटदो क्रममा काठमाडौंको न्यूनतम तापक्रम ।
– बडघर र भलमन्सा ऐन बनाउन सुदूरपश्चिमले थाल्यो तयारी ।
– ६ बुँदे सहमति कार्यान्वनय र मन्त्रीस्तरीय वार्ता समिति गठन गर्न मुक्कुम्लुङ संघर्ष समितिको माग ।
– लुम्बिनी प्रदेशसभा बैठकमा फागुन ५ मा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने ।
– प्रदेश र पालिकामा पनि समानान्तर संयन्त्र बनाउँदै कांग्रेस-एमाले ।
– फागुन १९, २० र २१ गते काठमाण्डौमा बस्ने जसपा नेपालको केन्द्रीय समिति बैठकको एजेन्डा तय ।
– नेसपा (नयाँ शक्ति) को महाधिवेशन आइतबारदेखि , पुराना पार्टीहरूलाई बोलाईएन ।
– कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को व्यवस्थित विकास र प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ को मस्यौदा तयार ।
– दुई वर्षको ठेक्का लिएर पाँच वर्षसम्म पनि सकिएन बालमन्दिरको पुनर्निर्माण ।
– पूर्व प्रधानमन्त्री देउवा दाङमा ।
– चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरुको बजेट खर्च १६ प्रतिशत मात्र ।
– नवीनतम प्रविधि र आविष्कारको प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ ५ दिन चल्ने ।
– काठमाडौं महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्न छ वटा क्षेत्र निर्धारण ।
– खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी, ५० लाख बराबरको क्षति, आगलागीको कारण यकिन भएन, आगलागीबाट मन्त्रालयका कागजातमा क्षति नभएको दाबि । – धनगढीमा भीम रावलको जागरण भेला ।
– बेनीको कुमारी सहकारी हिनामिना प्रकरणमा प्रहरीद्वारा अनुसन्धान सुरू ।
– भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित ।
– नारायणगढबाट काठमाडौँ गैरहेको हाइस धादिङमा पल्टियो, ५ जना घाइते ।
– ७५ जना इन्सपेक्टर डीएसपीमा बढुवा ।
– राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्कासन गर्ने योजना कार्यान्वयनमा ल्याएसँगै व्यावसायिक फर्महरूमा छापा, ‘वर्क पर्मिट’ नभएका नेपालीहरू निष्कासन हुने डरले आफैं काम छाड्दै ।
– मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे चार महिनापछि सञ्चालनमा आयो ।
– बन्द हुँदै काभ्रेका नेपाली कागज उद्योग ।
– इमेज सहकारीका एक लाखमुनिका बचतकर्ताको रकम फिर्ता सुरु । – पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी ।
– पाँच करोड मूल्यको टल्किने ढुंगा दिन्छु भन्दै १३ लाख ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ । – कैलालीमा अवैध काठसहित ३ जना पक्राउ । – वीर अस्पतालको अप्रेसन कक्षमै कुटिए स्वास्थ्यकर्मी, दोषीलाई कारबाहीको माग ।
– शनिबार धादिङको धुनिबेसीमा छुट्टाछुट्टै समयमा दुई टिपर दुर्घटना हुँदा दुवै चालकको मृत्यु । – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा रौतहट चन्द्रनिगाहापुरका दीपक आलेमगर पक्राउ ।
– नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक कर्मचारी जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ । – बालबालिका अपहरणमा संलग्न भियतनामी नागरिक कलंकीबाट पक्राउ ।
– दाजुले खेलाईरहेको भरूवा बन्दुकको गोली लागेर दाङको तुलसीपुरमा एक बालकको मृत्यु । – दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु ।
– बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ किलोग्राम गाँजा बरामद । – विराटनगरमा शनिबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु । – जाजरकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ।
– जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट १० दिनदेखि हराइरहेका तीन वर्षीय बालकको शव फेला । – ओखलढुङ्गा पत्रकार समाजबाट वरिष्ठ पत्रकार होमनाथ दाहालको सम्मान ।
– ‘अरेली काँडैले’ बन्यो १० करोड भ्यूज पाउने पहिलो लोकदोहोरी गीत । – हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिष्ट्रिब्यूटर कम्पनी बफेलो एटले वितरण गर्ने ।
– ‘जनै हराएको बाहुन’ चलचित्रमा गौरव पहारी र रियर राई अनुबन्धित । – अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबलको १५ औ संस्करण चैत ३ गतेदेखि । – प्रधान सेनापति खुला म्याराथन फागुन १० मा । – आहारारा पोखरा गोल्डकपमा लगातार २ खेल जित्दै नेपाल पुलिस सेमिफाइनलमा ।
स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु
खानेपानी मन्त्रालयमा आगलागी सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान लागेको आगलागीका कारण भएको क्षति । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तस्बिरः विमलबाहादुर बिष्ट / रासस

प्रतिक्रिया