सोमबार, चैत १०, २०८१

सगरमाथा लुम्बिनी इन्स्योरेन्सबाट इनड्राइभ नेपालका प्रयोगकर्ताको दुर्घटना बिमा 

नेपालखोज २०८१ माघ २७ गते १७:०६

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले इनड्राइभ नेपालका प्रयोगकर्ताको दुर्घटना बिमा सेवाको सुरु गरेको छ ।

Advertisement

नेपालका प्रयोगकर्तालाई छिटो र छरितो तरीकाबाट बिमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बिमा सेवालाई इनड्राइभ नेपाल प्रयोगकर्ताको सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी सुरु गरेको छ । 

उक्त इनड्राइभ नेपालका प्रयोगकर्ताको बिमा सेवाको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्री र इनड्राइभ नेपालका तर्फबाट निर्देशक रिता पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

उक्त बिमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुको मृत्यु भएमा ८ लाख रूपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रूपैयाँ एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रूपैयाँ रकम भुक्तानी गर्नेछ, भने नाबालिग यात्रुको हकमा क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षा वरण गरिएको छ ।

साथै, सीमितले बिमा गरेको रक्षा वरण गरिएको क्षति भएमा सो बापतको रकम कम्पनीको दाबी विभाग मार्फत दाबी गरी लिन सक्नेछ । 

उक्त बीमालेख जारी गरिएबाट राई डर तथा इनड्राइभ प्रयोगकर्ताले सरल र सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ । उक्त बिमा सेवाबाट समग्र बिमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने इनडाइभ प्रयोगकर्ता आफ्नो गन्तव्य सम्म पुग्नको लागि सुरक्षित यात्राको महसुस गर्नेछन् ।

यसका साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड निर्जीवन बिमा क्षेत्रमा एक उत्कृष्ट बिमा कम्पनीको रूपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढेको जानकारी गराएको छ । 

प्रतिक्रिया