सोमबार, चैत १०, २०८१

आजको प्रमुख हेडलाईन

नेपालखोज २०८१ माघ २७ गते १७:०९

स्याङ्जामा नवग्रह मन्दिर निर्माण अन्तिम चरणमा ।

Advertisement

– गोर्खाहरूको माग – नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गरियोस् ।

– सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस ।

– अध्यादेशमा गतिरोध देखिएपछि प्रधानमन्त्रीले बोलाएर सत्तारुढ दलको उच्च स्तरीय संयन्त्रको बैठक ।

– नेपाल बैंकका अध्यक्ष डा चन्द्रबहादुर अधिकारी अख्तियारको अनुसन्धानमा, कार्यकक्ष ‘सिल’ , कर्जामा कमिसन लिएको आरोप , चालकमार्फत कारोबार ।

– इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता ।

– समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व एकीन गर्न परामर्शदाता खोजिदै ।

– पाथीभरामा केबलकारको विरोध गर्दै आएकाहरू र सरकारबीचको वार्ता बिनानिष्कर्ष टुङ्गियो , आन्दोलनरत पक्षहरूबाट गृह मन्त्रालय स्तरीय वार्ता टोलीसँग नभई राजनीतिक नेतृत्वसँग मात्र वार्ता गर्ने अडान ।

– नेप्से ११.४९ अंकले घट्यो, कारोबार पनि खुम्चियो ।

– जनकपुरमा २० वटा निजी अस्पतालको अनुगमन गर्दा १९ वटा अवैध रूपमा सञ्चालनमा रहेको पाइयो । 

– थारू महिला समाज नेपालको छैठौं राष्ट्रिय महाधिवेशनबाट अनिता चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन ।

– खोटाङमा निर्माण गरियो ‘मिनी ग्रेटवाल’ ।

– काठमाडौँ आउँदै गरेको ट्रक पल्टिँदा १९ वटा खसीबोका मरे ।

– नारायणगढ मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका -२९ सेतिदोभानमा आइतबार बिहान पौने पाँच बजे लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोलामा खसेर दुर्घटना , ११ महिला तथा १४ पुरुष घाइते ।

– सल्यानको श्रीनगर महोत्सवमा आगलागी हुँदा ८० वटा स्टल जले ।

– धनगढीस्थित एक विद्यालयको कक्षा-७ मा अध्ययनरत किशोरी बलात्कृत , १८ वर्षीय आरोपी किशोर फरार ।

– चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनमा पनि नियन्त्रण हुन सकेन । – सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै अनलाइन टीभी पत्रकार संघबाट माइतीघरमा विरोध प्रदर्शन ।

– टेकुको कबाडी गोदाममा काठमाडौं महानगरको डोजर- नगर प्रहरीको कुटाइबाट ५ मजदुर घाइते ।

– बाँकेमा युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ ।

– मोरङको रंगेलीबाट राहदानीको सेवा सुरु ।

– ललितपुर महानगरपालिका–१२ स्थित पाटन दरबार स्वायरबाट चार वर्षीय बालकको अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ ।

– चापागाउँमा गाडीको ठक्करबाट १४ वर्षीय किशोरको ज्यान गयो ।

– काठमाडौँको कागेश्‍वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित सडकमा दुईवटा मोटरसाइकल एक आसपसमा ठक्कर खाइ दुर्घटना हुँदा एक युवकको मृत्यु ।

– चिकित्सा शिक्षा आयोगको पछिल्लो निर्णयप्रति निजी मेडिकल कलेजहरूको असहमति ।

– स्रोत नखुलेको रकमसहित बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैया चोकबाट पतीनजना पक्राउ ।

– ओखलढुंगा र प्युठानमा बलात्कारको आरोपमा दुईजना पक्राउ ।

– लाइसेन्स रद्द गरिएको उद्योगको औषधि बजारमा, तत्काल रोक्न विभागको निर्देशन ।

– वन पैदावारबाट गण्डकीले ७ वर्षमा संकलन गर्‍यो १ अर्ब भन्दा बढी राजस्व ।

– ठेकेदारले काम छाडेपछि अलपत्र पर्‍यो खरखरेभिरको पहिरो रोकथामको काम ।

– बझाङका दुई जना युवाको भारतको बेंगलुरुमा पौडी खेल्ने क्रममा मृत्यु ।

– धनुषाको सतलोक आश्रममा १२ जोडीले गरे दाइजोरहित सामूहिक विवाह ।

– बुद्ध एयरको भ्यालेन्टाइन अफरमा एउटा टिकट किन्दा अर्को नि:शुल्क ।

– कलाकार केकी, आर्यनसहितको पासपोर्ट दुरुपयोग गरेको आरोपमा रोशन  पराजुलीविरुद्ध मुद्दा दर्ता ।

– ‘मिसेज नोवेल नेपाल

– २०२५’ को उपाधी बसुन्धारा काठमाडौंँकी सौन्दर्यकर्मी सन्ध्या लामिछानेलाई ।

– चलचित्र विकास बोर्डद्वारा बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान ।

– दीपेन्द्र के खनालको निर्देशनको फिल्म ‘हरिबहादुरको जुत्ता’ आगामी वर्षको दसैंको  फूलपातीमा रिलिज हुने ।

– ‘मोडल हन्ट नेपाल सिजन ९’को उपाधि विवश विष्ट र नेहा बुढालाई ।

–  ‘रन टु साइन’ भन्ने नाराका साथ आगामी फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता हुने ।

– नेपाल पुलिस क्लबलाई भलिबल कपको उपाधि ।

– कैलालीको धनगढीमा संचालित अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको दोस्रो सेमिफाइनलमा डिसिए धनगढीलाई हराउँदै सिवाइसी अत्तरिया फाइनलमा ।

– फागुन ३ देखि हुन लागेको इटहरी गोल्डकपमा ८ टीम सहभागिता ।

स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु

मोही किसानको बृहत पदयात्रा स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समिती दाङ देउखुरीले माघ २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका स्वर्गद्वारी गुठीका मोही किसानको समर्थनमा आइतबार दाङको घोराहीमा निकालिएको बृहत् पदयात्रामा सहभागी मोही किसान । तस्बिर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया