सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार
नेपालखोज
२०८१ माघ २८ गते ११:१८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य बढेर १ हजार ९७५ रुपैयाँ कायम भएको छ । आइतबार १ हजार ९६० रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित
प्रतिक्रिया