शुक्रबार, चैत ७, २०८१

स्पीड फेस्ट २०२५ : नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव

नेपालखोज २०८१ माघ २८ गते १३:४८

काठमाडौं । मोटरसाइकल उत्साहीका लागि रोमाञ्चक अनुभव दिलाउने स्पीड फेस्ट २०२५ फेब्रुअरी १५, शनिबारका दिन एलिस रिसेप्सन, बालुवाटार मा आयोजित हुने भएको छ ।

Advertisement

फागुन ३ दिउँसो १२ बजेदेखि सुरु हुने यस कार्यक्रमलाई नेपालकै सबैभन्दा ठूलो गति, शक्ति, र जोशको उत्सवको रूपमा लिइएको छ । जसमा बाइक प्रेमी, संगीत पारखी, तथा रोमाञ्च खोज्ने हजारौं दर्शकको सहभागिता रहनेछ ।

कार्यक्रम अन्तर्गत ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी, २०० भन्दा बढी बाइकर्स सहभागी हुने ग्रान्ड र्‍याली, तथा नयाँ मोटरसाइकलको आधिकारिक सार्वजनिक प्रदर्शन गरिनेछ ।

साथै, नेपालका चर्चित ब्याण्ड रकहेड्स र द एलिमेन्ट्स को प्रत्यक्ष संगीत प्रस्तुति, बाइक प्रेमीका लागि विशेष टेस्ट राइड सेसन, तथा रोमाञ्चक खेल गतिविधि समेत रहनेछन् । बाइकर्स र्‍यालीमा सहभागी हुन न्यूनतम शुल्क १,५०० रूपैयाँ तोकिएको छ, भने साधारण प्रवेश टिकट ५०० रूपैयाँ रहेको छ।

प्रोमो कोड WHEELS25 प्रयोग गरी विशेष उपहार जित्ने अवसरसमेत प्रदान गरिनेछ । स्पीड फेस्ट २०२५ केवल मोटरसाइकल कार्यक्रम मात्र नभई नेपालकै बाइक संस्कृति, शैली, र गतिप्रेमीको उत्सव हुनेछ ।

प्रतिक्रिया