सोमबार, चैत १०, २०८१

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त प्रतिवेदन पेश

नेपालखोज २०८१ माघ २८ गते १६:१०

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त प्रतिवेदन पेश गरिएको छ ।

Advertisement

उपसभामुख इन्दिरा रानाको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त प्रतिवेदन सदनसमक्ष पेश गरेका छन् ।

यस्तै उक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सतितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उपसभामुख रानाले सर्वसम्मतिले उक्त प्रस्ताव स्वीकृत भएको घोषणा गरे ।

प्रतिक्रिया