सोमबार, चैत १०, २०८१

पाकिस्तानमा सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिए

नेपालखोज २०८१ माघ २८ गते १८:१५

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीका क्रममा पाँच आतङ्ककारीको मृत्यु भएको प्रहरी काउन्टर टेररिज्म डिपार्टमेन्ट ९सीटीडी० ले सोमबार जनाएको छ ।

Advertisement

सीटीडीका कर्मचारीहरूले यस क्षेत्रमा आतङ्ककारीहरूको उपस्थितिको सूचनाको आधारमा प्रान्तको करक जिल्लामा गुप्तचरमा आधारित अपरेशन सञ्चालन गरेका थिए ।

मारिएका आतङ्ककारी प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तानका थिए । सुरक्षा बलहरूले उक्त क्षेत्रमा आतङ्कवाद विरुद्ध आफ्नो प्रयासलाई तीव्र पारेका छन् । शान्ति र स्थिरता सुनिश्चित गर्न सैन्य अपरेशनहरू जारी छन् ।

सीटीडीले आतङ्कवादीहरूको लुकेको ठाउँबाट ठूलो मात्रामा हातहतियार र गोलाबारुद पनि बरामद गरेको छ । आतङ्ककारीका सहयोगीलाई पक्राउ गर्न आसपासका क्षेत्रमा खोजी अभियान पनि चलाइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया