शान्दार म:म पसलमा ग्यास विस्फोटमा घाइते भएका दुईको मृत्यु

नेपालखोज २०८१ माघ २९ गते १२:२६

काठमाडौं । कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले मृत्यु भएको हाे । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनीहरूको गएराति मृत्यु भएको हो ।

गत बिहीबार बिहान ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा परी सोही पसलमा काम गर्ने ११ कामदार घाइते भएका थिए । अन्य ९ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया