ई सेवा वालेटमा रहेको पैसा एनआईसी एसिया बैंकको एटिएमबाट सजिलै निकाल्न मिल्ने

काठमाडौं । संसार द्रुत गतिमा डिजिटली रूपान्तरण भइरहेको छ, विज्ञान र प्रविधिको देनले गर्दा पहिला घण्टौँ लाग्ने कार्य अहिले क्षणभर मै गर्न सम्भव भएको छ ।
उदाहरणको लागि भुक्तानी सेवा नै हेरौँ, पहिलो घण्टौँ लगाएर कार्यालय धाउन पर्ने बाध्यता हटेर अहिले घरको सोफामा बसेर आरामले ई सेवाबाट मिनेटमै गर्न सकिन्छ । ई सेवाले देशको अर्थतन्त्रलाई नै रूपान्तरण गरेर डिजिटल बनाइ दिएसँगै नगद बोकेर हिँड्ने झन्झटबाट मुक्त भएका छौँ ।
अहिलेको डिजिटल युगमा नेपालमा पनि धेरैजसो आर्थिक कारोबार डिजिटल माध्यमबाटै गर्न सक्छौँ तर अझै पनि केही स्थान र मानिसहरू यस सेवाबाट अनविज्ञ छन् जसका कारण डिजिटल भुक्तानीको सुविधा नभएका पसलहरूमा भुक्तानी गर्नुहोस् वा उपहार, पूजा पाठ, दान दक्षिणा गर्न हाम्रो नेपाली समाजमा नगदको आवश्यकता कतै न कतै परिरहन्छ ।
यस्तै अवस्थामा नगद चाहिएको खण्डमा पनि प्रयोगकर्तालाई सहजता प्रदान गर्न ई सेवाले आफ्नो एटिएम विथ ड्र सेवा विस्तार गरेको छ । अब ई सेवा प्रयोगकर्ताले आवश्यक परेको खण्डमा एनआईसी एसिया बैंकको एटिएमबाट सजिलै पैसा निकाल्न सक्नेछन् । यस अघि एभरेस्ट बैंकमार्फत प्रदान गर्दै आएको यो सुविधा ई सेवाले हालै एनआईसी एसियामा पनि बिस्तार गरेको छ ।
एटिएम विथ ड्र गर्ने प्रक्रिया दुई चरणको रहेको छ । पहिलो चरणमा ई सेवा प्रयोगकर्ताले आफ्नो ई सेवा एपमा गई ओटिली प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एसिया बैंकको एटिएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ । पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको फाइनान्सियल सर्भिस भित्र रहेको एटिएम विथ ड्रमा गई एनआईसी एसिया बैंक छनोट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नु पर्नेछ । प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा ओटिली आउनेछ, जुन प्रयोगकर्ताले एटिएमस् टर्मिनलमा पुष्टि गर्नुपर्छ ।
यसरी मोबाइल नम्बर र ओटिली सहितका विवरण एटिएम मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताले नगद निकाल्न सक्नेछन् । यसरी रकम निकाल्न दुई सजिला चरण पार गरेर ओटिपि जस्ता विवरण पनि पुष्टि गर्नुपर्ने भएकोले यो प्रक्रिया सहजसँगै सुरक्षित पनि रहेको ई सेवाका रणनीतिक बैंकिङ तथा वित्तीय समाधान प्रमुख हेम घिमिरेले बताएका छन् ।
प्रतिक्रिया