मंगलबार, वैशाख १६, २०८२

‘सत्तासहयात्रीसँग छलफल नै नगरि अध्यादेश ल्याउनु कमजोरी’

नेपालखोज २०८१ माघ ३० गते १९:१७

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तासहयात्रीसंग छलफल नै नगरि अध्यादेश ल्याउनु कमजोरी भएको बताएका छन् ।

बुधबार संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले राष्ट्रमा दुरगामी असर पर्ने अध्यादेश ल्याउने क्रममा सत्तासहयात्रीसंग छलफल नगर्नु कमजोरी भएकाले त्यसलाई आत्मसात गर्नुपर्ने बताएका हुन् ।

उनले अध्यादेश ल्याउदा कमजोरी भएपनि भूमि बाहेक अन्य अध्यादेशमा साथ दिने जसपा नेपालले निर्णय गरेको धारणा राखे ।

शर्माले भूमिसम्बन्धी अत्यादेशमा जसपा नेपालले उठाएको प्रश्नलाई सम्बोधन गर्न प्रतिष्थापन विधेयकमार्फत सुधार गर्न सकिने तर्क गरे ।

उहाले अध्यादेशका बिषयमा सत्तासाझेदार दलबीच भएको बिमतीलाई आवश्यक सम्वाद र छलफल पश्चात सहि रुपमा निष्कर्षमा पुराउने दाबी गरे

प्रतिक्रिया