नेप्सेमा सात अंकले गिरावट : कमाउने भन्दा गुमाउने समुह धेरै

काठमाडौं । नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये तीन वटा समुहको सुचक बढेपनि बाँकी समुहको सुचक भने घटेको छ ।
फाईनान्स समुहको सुचक ५१ दशमलव ७१ अंकले बढेर २७ सय ९६ दशमलव १० अंकमा पुग्दा लघुवित्त र लगानी समुहको सुचक पनि सामान्य अंकले बढेको छ । वाणिज्य बैंक समुहको सुचक भने तीन दशमलव ११ अंकले घटेर १३ सय ४५ दशमलव २१ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ३४ दशमलव ७८ अंकले घटेर तीन हजार सात सय ९८ दशमलव १२ अंंकमा पुगेको छ ।
जीवन बीमा समुहको सुचक पनि १९ दशमलव २० अंकले घटेर १३ हजार १९ दशमलव ४५ अंकमा पुग्दा निर्जीवन बीमा समुहको सुचक पनि एक सय १३ दशमलव ७६ अंकले घटेर १२ हजार आठ सय ६३ दशमलव ९६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, होटल तथा पर्यटन, उत्पादनुमलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज मातृभुमी लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी कमाउँदा ङादी ग्रुप पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया