मंगलबार, वैशाख १६, २०८२

जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह

नेपालखोज २०८१ फागुन १ गते १९:४४

मकवानपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकारको आवश्यकता परेको बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ता र नेताहरुमा आपसी समन्वय, सहकार्यबाट पार्टीलाई एकढिक्का बनाउँदै लैजानुपर्ने आवश्यकता भएको बताए

नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धन सरकारले नागरिकलाई सेवा प्रवाह गर्न र मुलुकमा गणतान्त्रिक संसदीय व्यवस्थालाई सुदृढीकरण गर्न गठबन्धन सरकार आवश्यक परेको उल्लेख गरे ।

उपप्रधानमन्त्री सिंहले सङ्घीय सरकारले जनतालाई सेवा प्रवाहको अतिरिक्त आर्थिक समृद्धि, भौतिक पूर्वाधार विकासलाई अघि बढाउन गृहकार्य गरिरहेको बताउँदै सोहीअनुरुप संसद्मा अध्यादेश दर्ता गरिएको बताए ।

सो अवसरमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले नेपाली कांग्रेसले आफ्नो पार्टीको नीति सिद्धान्तमा अडिग रहेर गठबन्धन सरकारले जनतालाई सेवा प्रवाहमा गतिशीलताका साथ अघि बढ्नुपर्ने बताए । रासस

प्रतिक्रिया