अवैध लागूऔषध सहित आठ जना पक्राउ

काठमाडौं । पर्साको वीरगंज महानगरपालिका–१६ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ११ किलो ५ सय ग्राम सहित सर्लाही विष्णु गाउँपालिका–४ मधुवनगोठ बस्ने ४५ वर्षीय सुधिर कर्णलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको मिक्लाजुङ गाउँपालिका–९ भण्डारी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय क्यापसुल र स्पास्पेन ७ सय क्याप्सुल सहित सोही गाउँपालिका–३ बस्ने झापा दमक नगरपालिका–३ बेलडाँगी घर भएका २० वर्षीय पवन विश्चकर्मा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले को.४ प ४९०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बुद्धचोकस्थित चन्द्रसुर्य होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २० किलोग्राम र मोबाइल ७ थान सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३३ वर्षीय दिपक तामाङ, ३६ वर्षीय सुन बहादुर तामाङ, ३१ वर्षीय नक्कल बहादुर तामाङ र ४१ वर्षीय प्रेमलाल तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–३ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ८ सय ६० ग्राम सहित बझाङ केदारस्युँ गाउँपालिका–७ भामचौर बस्ने ४६ वर्षीय घोडे धामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित आठ जना पक्राउ
भक्तपुरको चाँगुनारायण नगरपालिका–३ कोल्पाकोट ओरालोस्थित सडकमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगरको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकमा दुर्गाचोकबाट घोपा क्याम्पतर्फ जाँदै गरेको प्र.१–०२–००३ ह ८७२९ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–१६ बस्ने ५९ वर्षीय सुवास खड्काको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको महागढीमाई नगरपालिका–२ पत्रहट्टी मोडस्थित सडकमा ना.३ त २९४८ नम्बरको ट्याक्टरमा मधेश प्रदेश ०३–०२६ प १५२४ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
मोरङको बेलबारी नगरपालिका–३ पशु हटियास्थित हटियाको सटर छेउको पिडिमा पथरीशनिश्चरे भातेगौडा घर भएका ५० वर्षीय गोपाल बिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
लमजुङको सुन्दरबजार नगरपालिका–९ घुमाउनेस्थित बेली कृषि फर्मको खोंचमा राईनास नगरपालिका–९ साउनेपानी घर भएका ४६ वर्षीय उमेश बिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । पर्साको ठोरी गाउँपालिका–३ ओडारस्थित ओडार खोलामा सोही गाउँपालिका–२ बर्मानगर बस्ने ७६ वर्षीय हस्त बहादुर श्रेष्ठ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
डोल्पाको ठुली भेरी नगरपालिका–३ जगत पुल नजिक ठुली भेरी नदीको किनारमा त्रिपुरासुन्दरी नगरपालिका–४ रंग घर भई ठुली भेरी नगरपालका–३ मेलसेरा डेरा गरी बस्ने २४ वर्षीय बिवश बुढा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया