मंगलबार, वैशाख ३०, २०८२

दुई करोडको लागतमा छात्रावास भवन निर्माण हुँदै

नेपालखोज २०८१ फागुन ३ गते १३:२२

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा छात्रावास भवन निर्माणको अगाडि बढाइएको छ । राष्ट्रिय योजना आयोगको तीन करोड ३५ लाखमध्ये दुई करोड २० लाखको लागतमा घटाघटीमा छात्रावास निर्माण अघि बढाइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहका अनुसार निर्माण भैरहेको दुई तले छात्रावासमा १२ कोठा, छ वटा शौचालय र स्नान कक्ष निर्माण हुनेछन् । भवन निर्माण चालु आर्थिक वर्षको असार मसान्तभित्रै पूरा हुने सम्झौता छ । भवनको फाउन्डेसन निर्माण पूरा हुन लागेको छ, उनले भने, फाउन्डेसनको कार्य पश्चात टाइविमको काम सुरु हुन्छ ।

विसं २०२२ मा स्थापना भएको विद्यालयमा हाल चार सय २५ विद्यार्थी अध्ययनरत छन । विद्यालयमा छात्रावास नहुदा आइएससी एजी पढने विद्यार्थीलाई गाह्रो भएको थियो, विद्यालयका प्रधानाध्यापक पिताम्बर जोशीले भने, छात्रावास निर्माणले विद्यार्थीलाई डेरा खोजेर बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

प्रतिक्रिया