सोमबार, असार ९, २०८२

पेट्रोलको मूल्य बढ्याे, डिजेल र मट्टीतेलको घट्याे

नेपालखोज २०८१ फागुन ३ गते २०:५४

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१ ० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँले बढेर र डिजेलमा  ३.५९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ । 

आज रातिबाट लागू हुने गरी निगमनले इन्धनको मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको छ ।

प्रतिक्रिया