शुक्रबार, वैशाख १२, २०८२

नेप्सेमा १९ अंकले बृद्धि, कारोबार रकम ९ अर्ब ४७ करोड नाघ्यो

नेपालखोज २०८१ फागुन ४ गते १५:३३

काठमाडौं । नेप्से बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से १९.५६ अंकले बढेर २ हजार ६९८.०३ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स ३.५४ अंकले बढेर ४५३.४२ अंकमा चढेको छ ।

३०९ वटा कम्पनीको ९६ हजार २८२ पटकको कारोबारमा आज दुई करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ९ अर्ब ४७ करोड तीन लाख आठ हजार २६६ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएका छन् । जसमध्ये दुई वटा समूहको सूचक घटेका छन् भने ११ वटाको बढेका छन् । ति मध्ये निर्जीवन बीमा समूहको सूचक १६५.९० अंकले घटेर १२ हजार ६९८.०६ अंकमा पुग्दा सामुहिक लगानी कोष समूहको सूचक घटेको छ ।

वाणिज्य बैंक समूहको सूचक भने आज १३.२१ अंकले बढेर १ हजार ३५८.४२ अंकमा जलबिद्युत समूहको सूचक १३.७४ अंकले बढेर तीन हजार ८११.८७ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक ५०.८४ अंकले बढेर १३ हजार ७०.३० अंकमा पुग्दा विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादमुलक, लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा ङादी गुप पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्च एण्ड डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया