बलिउडकर्मीहरुकाे खानपानको कस्ताे बानी ?
नेपालखोज
२०८१ फागुन ५ गते ११:१०

शाहरुख खान
शाहरुख आरामसँग खाना खान मन पराउँछन् । उनलाई यतिबेला कुनै सेल्फी वा अन्य कुनै काम गरेको मन पर्दैन ।
शाहिद कपूर
अभिनेता शाहिद कपूर कफीको शोखिन छन् । उनि एक दिनमा १०-१२ कप कफी पिउँछन् ।
टाइगर श्राफ
फिटनेस फ्रिक टाइगर श्राफलाई बिहानको खाजामा ८ देखि १२ वटा अण्डा चाहिन्छ । त्यसको अभावमा उनि असहज अनुभव गर्छन् ।
आलिया भट्ट
आलियालाई दही मन पर्छ । उनि हरेक पटकको खानामा अनिवार्य रुपमा दही खान्छिन् ।
सलमान खान
सलमान खानलाई चिसो खाना पटक्कै मन पर्दैन, उनलाई गरमागरम खाना मनपर्छ । यसका अतिरिक्त सलमानले खानामा अचार र बटर थपेर त्यसलाई अझ स्वादिलो बनाउँछन् ।
सिद्धार्थ मल्होत्रा
सिद्धार्थ मल्होत्राको स्वाद अनौठो छ, सिद्धार्थलाई अचारका साथ गुलाब जामुन मनपर्छ ।
सम्बन्धित
प्रतिक्रिया