शनिबार, वैशाख १५, २०८१

भेली उद्योगलाई किसानले उखु दिन थालेपछि चिनी मिलहरु धरासायी हुँदै

नेपालखोज २०७७ फागुन २ गते ११:४४

काठमाडौं । नवलपरासीमा रहेका चिनी मिलहरु उखुको अभाव हुँदा धमाधम बन्द हुने अवस्थामा पुगेका छन्।

सरकारी उदासीनताले उखु किसान मात्र नभई स्वयं उद्योगहरु पनि धरापमा पर्न थालेका हुन् । हाल किसानहरुले उद्योगहरुबाट ठगिएको भन्दै उखु खेती नै गर्न छाडेपछि उद्योगहरु नै धरासायी हुन पुगेका हुन् ।

जति किसानले उखु खेती गरेका छन् उनीहरुले उखु भेली उद्योगलाई दिन थालेका छन् ।

चिनी उद्योगले उखु नपाउने भएपछि जिल्लाको प्रायः चिनी उद्योग संचालनमा आउन सक्ने अवस्था छैन । यसै महिना सुस्तामा रहेको बाग्मती सुगर मिलले क्रसिङ सुरु गरेको दोश्रो हप्तादेखि नै उखु पाउन नसके पछि मिल बन्द गरेको छ ।

क्रसिङको सूचना मिलहरुले किसानका घरघरै पुर्याएका छनर र पनि अधिकांश किसानले चिनी यद्योगदलाई उखु नदिएर भेली उद्योगलार्इ उखु बेचेका छन् । सरकारले किसान र उद्योगको समन्वय नगरिदिँदा व्यवसायहरु धरासयी बन्दै जाने समस्या आउने भएको हो ।


दुई वर्ष अघिको भुक्तानी समेत नपाएका किसानले चिनी उद्योगलाई उखु दिउन् पनि कसरी ?

प्रतिक्रिया