नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न स्पा संचालिका पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाका संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–५ घर भएकी ४१ वर्षीया स्मृति भन्ने रमिला गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्पामा पार्लरको काम गराउने भनी आर्थिक प्रलोभनमा पारी स्पामा मसाज गर्नको लागि आउने ग्राहकहरूसँग जबरजस्ती वेश्यावृत्तिको काममा लगाएको भन्ने पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रमिलालाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बाँकेको कोहलपुर नगरपालिका–५ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सुवास चमार र सुर्खेत बीरेन्द्रनगर नगरपालिका–९ घर भएकी २४ वर्षीया जस्मिन थापा रहेका छन् । प्रहरी बिट रझेना र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ बालुवा खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका–१ छघरिया बस्ने ३२ वर्षीय राजेश यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरीले प्र.२–०२–००४ प ९०३७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी धनुषा, सबैला नगरपालिका–१३ प्रसाही बस्ने ६५ वर्षीय महेश्वर मण्डल खत्वेलाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–२ पहाड रोड तेघरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय दीपेन्द्र राज लेखक र २२ वर्षीय आशिष भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडा मेन गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका–२ राजपुर बस्ने ३२ वर्षीय प्रबत घिमिरे र ३१ वर्षीय भिम बहादुर पुन रहेका छन् । इलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.१९ प ४१७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय बसन्त दर्लामी मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया