२९ अंकले बढ्याे नेप्से, १० अर्ब चार करोडको कारोबार

काठमाडौं । नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार २९.८७ अंकले बढेर २ हजार ७२७ दशमलव ९१ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २७ अंकले बढेर चार सय ५९. ६९ अंकमा पुगेको छ ।
३०२ कम्पनीको एक लाख दुई हजार ८६१ पटकको कारोबारमा आज एक करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर किनबेच भएकाछन् । आज कुल कारोबार रकम १० अर्ब चार करोड ९६ लाख ५४ हजार ८३२ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ समूहको शेयर कारोबार हुँदा तीन वटा समूहले गुमाएका छन् भने बाँकी समुहहरुले कमाएका छन् । याे मध्ये फाइनान्स समूहको सूचक २४.८० अंंकले घटेर २ हजार ९०९.११ अंकमा पुगेको छ भने जलबिद्युत समूहको सूचक पनि छ .शुन्य सात अंंकले घटेर घटेर तीन हजार आठ सय पाँच . ८० अंकमा पुगेको छ ।
व्यापार समुहको सुचक पनि आज घटेको छ । वाणिज्य बैंक समूहको सूचक भने आज २९.४४ अंकले बढेर एक हजार ३८७.८७ अंकमा पुगेको छ । जीवन बीमा समूहको सूचक ११६.५५ अंकले बढेर १३ हजार १८६.८५ अंकमा पुगेको छ । निर्जीवन बिमा समूहको सूचक १३७.२५ अंकले बढेर १२ हजार ८५२.५७ अंकमा पुगेको छ ।
विकास बैंक, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया