बितेका २४ घन्टा
– देवघाटधाममा माघ महिनाभर सञ्चालन गरिएको देवघाट महा–महोत्सव २०८१ मा २७ करोड ४५ लाख ५७ हजार ९ सय ८० रुपैयाँ सङ्कलन ।
– बैंकमा टिक्न छाडे ३० वर्षभन्दा कम उमेरका कर्मचारी , राजीनामा दिँदै विदेश जाँदै ।
– सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई युएन मिसनमा पठाइ दिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका दिनेश सापकोटा पक्राउ ।
– काठमाडौं महानगरले होस्टल नियमन गर्न बनायो कसिलो मापदण्ड ।
– चियाको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँचथर सदरमुकाम फिदिममा चिया पर्यटन महोत्सव सुरु ।
– महोत्तरीको टुटेश्वर सवडिभिजन वन क्षेत्रबाट स्वीकृतिबिना संरक्षित प्रजातिका ६९ थान रुख काटेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसहित दुई जना पक्राउ ।
– निजि भ्रमणमा बैंकक उडिन् विद्या भण्डारी , विदाइमा विमानस्थल पुगे एमाले नेता ।
– नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद थामिने अवस्था देखिएन ।
– सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु ।
– सौर्य जहाज दुर्घटनाका विषयमा छानबिन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन ।
– अमेरिकाकाे टेक्ससको राजधानी अस्टिनमा नेपाल उत्सव (नेपाल डे परेड) मनाइयो ।
– सचिवलाई कुट्ने बन्दीपुरका वडाध्यक्ष पक्राउ ।
– देवघाट गाउँपालिका–४ मा भरुवा बन्दुकसहित दुई जना पक्राउ ।
– बंगलादेश लान २५ वटा गोरु बोकेको बागमती प्रदेश ०३–००१ ख १४२४ नम्बरको ट्रक बाराको पथलैयामा नियन्त्रणमा ।
– विराट गोल्डकप फुटबलको नवौं संस्करण फागुन १९ गतेबाट सुरु हुने ।
– धनुषाका विभिन्न स्थानबाट लागु औषध (खैरो हिरोइन)सहित तीन जना पक्राउ ।
– अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारत सरकारसँग सहमति ।
– उडिसा घटनामा नेपाली दूतावासले भन्यो–विद्यार्थीलाई बस्न दिन ‘केआईआईटी’ राजी छ । भारतीय दूतावास भन्छ –
भारत सरकारले नेपाली विद्यार्थीको हकहित सुनिश्चित गर्न कदम चाल्नेछ ।
– ओमन काठमाडौँ सीधा हवाई उडान सुरु गर्न ओमन सरकारसँग आग्रह ।
– फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालकाे विजयी सुरुवात , किर्गिस्तानविरुद्ध १–० को जित ।
– स्ववियु निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आचारसहिंता जारी ।
– कारागारमा कैद भुक्तान गरिरहेका रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता ।
– हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला सुरु ।
– प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत ।
– ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित ।
– बेलुन फुटी जलेका अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, मेयर आचार्य केही दिन अझै अस्पतालमा ।
– पेट्रोल र मट्टितेल पनि भारतबाट पाइपलाइनमा आयो, बितरण थालियो ।
– जापानबाट भैरहवा र पोखरामा सिधा उडान गर्न परराष्ट्रमन्त्री राणाको आग्रह , विपी राजमार्गको मर्मत गरिदिन जापान सरकारसमक्ष अनुरोध ।
– लमजुङको मर्स्याङ्दी गाउँपालिका भुलभुलेस्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको मर्मतका लागि विद्युत् उत्पादन बन्द ।
– फुङलिङ–सिस्ने–गोला सडक ९ देखि ५ बजेसम्म बन्द हुने ।
– अवैधरुपमा बसेका आप्रवासीमाथि कडाइ गर्दै जापान, थप ५ जना नेपाली निष्काशित ।
– सेती अस्पतालभित्रै डाक्टरमाथि आक्रमण, बिरामी कुरुवा पक्राउ ।
– चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोधमा फागुन ६ गते नेपालस्थित अमेरिकी दूतावासनजिक प्रदर्शन गर्ने ।
– बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षका लागि ५ जना सर्टलिस्टमा ।
– एक महिनाको अन्तरालमा नेपालमा सार्वजनिक हुँदै ५ नयाँ ईभी ।
– अब एक मेगावाटभन्दा ठूला सौर्य विद्युत् परियोजना बनाउने कम्पनीलाई लाइसेन्सका लागि सम्बन्धित वडा वा स्थानीय तहको सिफारिस अर्थात् ‘नो अब्जेक्सन लेटर’ भए पुग्ने ।
– आर्थिक संकट खेपिरहेको हेटौँडा सिमेन्टको ‘रोप–वे’ सवा ४ करोडमा बिक्री ।
– माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को ७ करोड ८१ लाख ५ हजार ५ सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन ।
– खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति ।
– अमेरिकाले नेपाललाई दिने ५ अर्बको सहयोग रोक्यो ।
– ताप्लेजुङका माबोलाई कालोमोसो दल्ने विरुद्ध पक्राउ पुर्जी जारी ।
– ९० देशमा एनआरएनए सन्जाल विस्तार ।
– उडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल मृत फेला । यो मृत्यु प्रकरणमा सरकार कुटनीतिक सम्पर्कमा रहेको प्रधानमन्त्रीबाट जानकारि।
– चलचित्र विकास बोर्डबाट आउटडोर स्टुडियो निर्माणका लागि धुलिखेल नगरपालिकासँग १३०० रोपनी जग्गाका लागि सम्झौता ।
– ‘कमेडी दरबार’बाट विदा भए बिजय बराल, मनोज गजुरेल भित्रिँदा होस्ट पनि परिवर्तन ।
– मण्डला थिएटरमा फागुन ९ गते शुक्रबारदेखि नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुने ।
– गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डबाट मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा सांगीतिक प्रस्तुति ।
– गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ जनाविरुद्ध प्रहरीमा निवेदन ।
– तुलसीपुरमा गायिका कोमल वलीले खोलीन रिसोर्ट ।
– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता हुने ।
स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु

प्रतिक्रिया