एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ
नेपालखोज
२०८१ फागुन ६ गते १०:१९

काठमाडाैं । तनहुँमा एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
सोमबार बिहान प्रहरीले देवघाट गाउँपालिका-४ आमडाँडा बस्ने ६१ वर्षीय संखबिर गुरूङ र सोही गाउँपालिका–४ खोडे बस्ने ६८ वर्षीय कृष्ण बहादुर गुरूङलाई एकनाले भरूवा बन्दुक ३ थानसहित पक्राउ गरेको हाे ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूको घरबाट उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया