लोकतान्त्रिक पत्रकार संघको संयोजकमा वर्मा
नेपालखोज
२०८१ फागुन ६ गते ११:३६

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट लोकतान्त्रिक पत्रकार संघ गठन भएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको विधानअनुसार सर्लाहीका कामरेन्द्र वर्मालाई साेमबार संघको केन्द्रीय संयोजक पदमा मनोनयन गरेका छन् । देश, मधेस एवं पार्टीको हितमा कार्यकाल उपलब्धिमूलक हने विश्वास लिइएको उनले बताए ।
संघको बाँकी कार्यसमितिलाई चाँडै पूर्णता दिइने संयोजक वर्माले जानकारी दिए । लामो समयदेखि पत्रकारितामा क्रियाशील वर्मा लालटिन खबरको मधेस प्रमुख समाचारदाता र हिमालिनी पत्रिकाको क्षेत्रीय प्रबन्धक छन् ।
सम्बन्धित
प्रतिक्रिया