शनिबार, वैशाख १३, २०८२

भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल सिजन-२ को शीर्ष प्रायोजक घोषणा

नेपालखोज २०८१ फागुन ६ गते १४:१९

काठमाडौं । गेटसेटगेम-एरोस सोलुसन प्रा. लि. को खेल व्यवस्थापन शाखाले भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल प्रतियोगिता घोषणा गरेको छ। प्रतियोगिता फागुन १७-१८ गते मम्बा स्पोट्र्स सेन्टर, काठमाडौं मा आयोजना हुँदैछ । यो प्रतियोगिता खेलाडीर दर्शकका लागि अविस्मरणीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

१६ कर्पोरेट टोलीहरू लिग-कम-नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन्। गत वर्षका विजेता इजी सर्भिसेज र उपविजेता भाटभटेनी सुपरमार्केट पुनः आफ्नो उपाधि बचाउन फर्कँदैछन् ।

एरोस सोलुसनका प्रबन्ध निर्देशक, राज जङ्ग थापा, भन्छन्, ‘हामी भाटभटेनी सुपरमार्केटलाई शीर्ष प्रायोजकको रूपमा स्वागत गर्न पाउँदा गर्व गर्छौं । उनीहरूको खेलप्रति प्रतिबद्धता नेपालमा बास्केटबल प्रवद्र्धनका लागि प्रेरणादायी छ ।’

यस प्रतियोगिताका थप साझेदार प्रायोजक-पेपे पिज्जा ‘फुड पार्टनर’, ऊप्स, आइ लाइक इट ‘मनोरञ्जन पार्टनर’, मम्बा स्पोट्र्स सेन्टर ‘कोर्ट पार्टनर’, र ह्याम्स अस्पताल ‘मेडिकल पार्टनर’ रहेका छन् ।

सबै कर्पोरेट संस्थालाई आफ्नो टिम दर्ता गर्न र आफ्नो बास्केटबल सीप प्रदर्शन गर्न आमन्त्रण गरिएको छ । सीट पहिलो दर्ता, पहिलो प्राथमिकता आधारमा उपलब्ध गराइनेछ । टिम दर्ता मिति फेब्रुअरी २४, २०२५ मा बन्द हुनेछ । दर्ताका लागि गेटसेटगेम नेपाल का सामाजिक सञ्जाल पेज भ्रमण गर्न सकिन्छ ।

यो प्रतियोगिता कर्पोरेट जगतमा खेल भावना र मित्रता प्रवद्र्धन गर्ने उत्कृष्ट प्लेटफर्म हुनेछ ।

गेटसेटगेम-एरोस सोलुसनको बारेमा:
गेटसेटगेम-एरोस सोलुसनको खेल व्यवस्थापन शाखा हो, जसले सफल खेलकुद प्रतियोगिता आयोजना गर्ने समृद्ध इतिहास बनाएको छ । गत वर्षको न्यु ब्यालेन्स ३×३ कर्पोरेट बास्केटबल सिजन १, सुपर एक्स टी १० क्रिकेट प्रतियोगिता, र केएफसी कर्पोरेट टी १० क्रिकेट प्रतियोगिताका दुई सिजन गेटसेटगेम द्वारा सफलतापूर्वक सम्पन्न गरिएका छन् ।

प्रतिक्रिया