‘नेपालका महत्त्वपूर्ण जडीबुटी तथा बोट–वनस्पति’ नामक कृति सार्वजनिक
काठमाडौं । नेपाल सरकारका पूर्वसहसचिव गणेश राईद्वारा लिखित खोजमूलक कृति ‘नेपालका महत्त्वपूर्ण जडीबुटी तथा बोट–वनस्पति’ ग्रन्थको सार्वजनिक गरिएको छ ।
मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उक्त कृतिको सार्वजनिक गरे ।
सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले जडीबुटी तथा औषधि वनस्पतिको उत्पादन, प्रशोधन, प्रवर्द्धन र निर्यातलाई विस्तार गर्दै कृषकहरूको आर्य आर्जन वृद्धिमा टेवा पुर्याउने लक्ष्य सरकारले राखेको बताए ।
मन्त्री अधिकारीले पूर्वसहसचिव गणेश राईद्वारा लिखित कृतिले नेपाली जैविक विविधताको संरक्षण, प्रवर्द्धन र वैज्ञानिक अध्ययन विस्तार गर्दै नेपाललाई जैविक स्रोतको हिसाबले विश्वव्यापी पहिचान दिन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कृतिको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव डा योगेन्द्रकुमार कार्की, उद्योगी उदय चापागाइँ, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, साझा प्रकाशनका पूर्वमहाप्रबन्धक प्रह्लाद पोखरेल, लेखक गणेश राईलगायतले चर्चा गरेका थिए ।

प्रतिक्रिया