सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८१ फागुन ७ गते १०:५७

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ११०० रुपैयाँ बढेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको हो । मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ काराेबार भएकाे थियाे ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ काराेबार भएकाे थियाे ।
सम्बन्धित
प्रतिक्रिया