एनएमबि हाइब्रिड फन्ड एल-२ को इकाईमा भोलि सम्म आवेदन दिन सकिने

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमबिए हाइब्रिड फन्ड एल २ को इकाई खरिदका लागि भोलि फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाइब्रिड फन्ड एल २ दश वर्षे बन्दमुखी योजना हो ।
साथसाथै, यो योजना हाइब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फण्डभन्दा तुलानात्मक रुपामा कम जोखिम हुने गर्दछ । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म अर्थात् प्रति इकाई १० रूपैयाँका दरले १ हजार रूपैयाँ देखि १२ करोड रूपैयाँ सम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
फण्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गरेको हो । फन्डको कुल १२ करोड इकाई मध्य कोष प्रवर्धक र योजना व्यवस्थापकले सम्पूर्ण बीज पुँजी बराबरको १ करोड ८० लाख इकाई र ५८,४४० सर्वसाधारण/संस्थागत लगानीकर्ताहरूबाट १० करोड १५ लाख इकाईको लागि आवेदन प्राप्त भएको छ ।
म्युचुअल फन्ड निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबद्धकलाई आईक्रा ए प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई एमएमसी क्वालिटी २ रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ ।
उक्त फन्डको इकाईमा लगानीकर्ताले धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिने छ ।
प्रतिक्रिया