शनिबार, वैशाख १३, २०८२

आँखा शिविरबाट पाँच सय जना लाभान्वित

नेपालखोज २०८१ फागुन ८ गते १०:१०

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० मा बुधबार सञ्चालन भएको आँखा शिविरबाट पाँच सय १४ जना लाभान्वित भएका छन् ।

गेटा आँखा अस्पतालको आयोजनामा भएको शिविरमा निःशुल्क नेत्र परीक्षण, परामर्श दिनाका साथै औषधि वितरण पनि गरिएका अस्पतालका नेत्र चिकित्सक नरेन्द्र विष्टले बताए । ‘मोतियाविन्दु भएका ९५ जना बिरामीको निःशुल्क रुपमा अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘अस्पताल ल्याउने लैजाने व्यवस्था पनि निःशुल्क रुपमा गरिने छ ।’

कमजोर दृष्टि भएका बिरामीलाई न्यूनतम शुल्क लिएर चस्मा पनि वितरण गरिएको थियो । शिविरमा नेत्र परीक्षण गराउनेमध्येमा ७५ प्रतिशत महिला थिए ।

प्रतिक्रिया