सुनको मूल्य तोलामा एक लाख ७१ हजार
नेपालखोज
२०८१ फागुन ८ गते १०:५६

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो ।
बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७१ हजार कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको १० रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
प्रतिक्रिया