हेड अफ एनसिबी कन्फरेन्समा सहभागी भई दिपक थापा नेतृत्वको टोली स्वदेश फिर्ता

काठमाडौं । इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा माघ २९ देखि फागुन १ गते गतेसम्म संचालन भएको ‘२०औं हेड अफ एनसिबी कन्फरेन्स’ मा नेपालको तर्फबाट सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली बुधबार स्वदेश फर्किएका छन् ।
हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा सिन्यारिओ अफ क्राईम एगेन्स चाईल्ड विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सदस्य राष्ट्रका एनसिबि प्रमुख, इन्टरपोल महासचिव तथा पदाधिकारीबिच समन्वय तथा सहकार्यको विषयमा छलफल भएको थियो ।
उक्त कन्फरेन्समा नेपालको तर्फबाट एनसिबि काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले सिन्यारिओ अफ क्राईम एगेन्स चाईल्ड नेपाल विषयमा प्रस्तुतीकरण गरेका थिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली कन्फरेन्समा सहभागी हुन माघ २७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।








प्रतिक्रिया