सोमबार, असार ९, २०८२

चौरानब्बे अर्ब ५२ करोड राजस्व सङ्कलन

नेपालखोज २०८१ फागुन ९ गते ९:३४

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ ।

यो गत आवको सोही अवधिमा सङ्कलित रकममा सात अर्ब ९५ करोडले बढी हो । उक्त कार्यालयले उक्त अवधिमा रु एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको हो । ‘दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ’, उनले भने ।

गत साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो । यो कार्यालयलाई चालु आवमा दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्न सरकारले निर्देशन दिएको छ ।

प्रतिक्रिया