एक तोला सुनको मूल्य एक लाख ७० हजार
नेपालखोज
२०८१ फागुन ९ गते ११:२२

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ ।
बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य पाँचले घटेको छ ।
आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया