पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

नेपालखोज २०८१ फागुन ११ गते ७:२५

काठमाडौं । पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएकाे छ । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विगत एक महिनायता सो क्षेत्र तनावग्रस्त बन्दै आइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा जारी गरेकाे हाे ।

केबलकार निमार्ण गर्नुपर्ने र निर्माण गर्न नहुने पक्षबीच झडपको स्थिति बन्न थालेपछि ताप्लेजुङ प्रशासनले निषेधाज्ञा जारी गरेको हो । ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम निषेधाज्ञा आदेश जारी गरेका हुन् । 

निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस प्रदर्शन घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । आदेशको उल्लंघन गर्ने वा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूहउपर प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ । 

प्रतिक्रिया