आइतबार, वैशाख १४, २०८२

त्रिशुलीमा मोटरसाईकल दुर्घटनामा हराईरहेका रानाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

नेपालखोज २०८१ फागुन ११ गते ११:५६

काठमाडौं । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–५ स्थित ३ नं. पुलबाट मोटरसाईकल दुर्घटना भई त्रिशुली नदिमा हराई रहेका रोहित रानाको शव सशस्त्र प्रहरीको गोताखोरले फागुन ११ गते आईतबार फेला पारेको छ ।

नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल फागुन २ गते विहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी हराई रहेका रानको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएकोमा आईतबार विहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले उनको शव आईतबार विहान ९ः२५ बजे फेला पारी नदिबाट बाहिर निकालेको हो । उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौँ जान हिडेको परिवारका सदस्यहरुले बताएका थिए ।

प्रतिक्रिया