यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

काठमाडौ । बिगत ९ वर्ष देखि हेलमेट को मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ‘हेल्मेट्स नेपाल’ ले यामाहा नेपालसग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो ।
सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुममा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ । जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिज उपलब्ध रहने छन । पहिलो चरणमा काठमाडौंका शोरुम टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेट रहने छन ।
नक्शाल स्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । आगामी दिनमा यो सुबिधालाइ थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल जोशीले बताए ।
यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ्ग कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने बिस्वास लीइएको छ । ग्राहकले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग एसिसोरिजको सुबिधा प्राप्त गर्न सक्नेछन ।
यस अघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानबाट सेवा प्रदान गर्नेछ ।
प्रतिक्रिया