शनिबार, वैशाख १३, २०८२

केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै

नेपालखोज २०८१ फागुन १३ गते ८:३६

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेलमा एपीएफ एफसी र संकटा एफसी तथा मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

बिहान साढे ११ बजे सुरु हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । केपी ओली मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुने छ ।

प्रतिक्रिया