सोमबार, वैशाख २९, २०८२

माग्ने बुढाको ‘माग्ने राजा’ तीजमा रिलिज हुने

नेपालखोज २०८१ फागुन १३ गते ११:१०

काठमाडौं । केदार घिमिरे ‘माग्ने बुढा’को शीर्ष भूमिका रहने फिल्म ‘माग्ने राजा’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

घिमिरेले सोमबार फेसबुकमार्फत यो फिल्म आगामी हरितालिका तीजमा आउने जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘आशिर्वाद दिनुहोला, तीजमा प्रदर्शनमा आउँदैछ ।’

ऋषि लामिछानेले निर्देशन गर्ने फिल्ममा केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, पवित्रा साँखी र शिशिर बाङ्देलको अभिनय हुनेछ ।

दर्शकले माग्ने बुढा र तक्मे बुढाको जोडीलाई दशकपछि पर्दामा हेर्न पाउनेछन् । उनीहरू पछिल्लोपटक ‘राम कहानी’मा एकसाथ देखिएका थिए ।

आरम्भ प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

प्रतिक्रिया