सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैछ काराेबार ?
नेपालखोज
२०८१ फागुन १३ गते ११:३१

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको छ । सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
सम्बन्धित
प्रतिक्रिया