शनिबार, वैशाख १३, २०८२

राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप तान्ने

नेपालखोज २०८१ फागुन १३ गते ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तान्न लागेको हो ।

आज अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तानिने राष्ट्र बैंकको भनाई छ । परिपक्व हुुने अवधि २२ दिन तोकिएको उपकरणको सावाँ व्याज भुक्तानी मिती चैत्र छ गते तोकिएको छ । वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री हुन लागेको हो ।

राष्ट्र बैंकका अनुसार खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ ।

यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया