बीवाईडीद्धारा हाई-टेक विक-२०२५ गर्ने घोषणा

काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई-टेक विक २०२५ गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार कार्यक्रम इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने नेपालकै पहिलो इभेन्ट हुनेछ ।
द एभरेस्ट होटलमा फागुन १५ देखि १८ गतेसम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनइभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुने कम्पनीले जनाएको छ । यो इभेन्टले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ । इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नैपर्ने स्थल हुने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यो इभेन्टमा बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई-प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन-कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको बारेमा जानकारी लिन सकिने छ ।
कम्पनीका अनुसार इभेन्टमा नेक्स्ट-जेन भेइकल सोकेस, लाइभ डेमो, एक्सपर्ट टक र प्यानल डिस्कसन, विशेष प्रोडक्ट सार्वजनिक र पारिवारिक क्रियाकलाप हुनेछन् । यो इभेन्टले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको जनाइएको छ ।
अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रिन इनर्जी एड्भोकेटलगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्यबारेमा अध्ययन अन्वेषण गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया