एनसेलको रिन्यूअल प्याक सधैं अन र अन्य प्रोडक्टमा: अनलिमिटेड कनेक्टिभिटीको उत्तम अनुभव

काठमाडौं । एनसेलले ग्राहकलाई दूरसञ्चार सेवामा सहज, सुलभ प्याकका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने उदेश्यसहित नयाँ प्रिपेड सेवा ‘सधैँ अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको छ ।
सधैं अन प्याकको सफलतापछि सञ्चालनमा ल्याईएका रिन्यूअल प्याकमार्फत ग्राहकले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाको फाइदा लिन सक्छन् ।
रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकलाई तुलनात्मक रुपमा महंगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स-साना प्याक प्रतिको निर्भरता हटाएर सधैँ अन अर्थात कनेक्टेड रहन सक्षम बनाउनु हो । यी प्याकको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ ।
यसको अर्थ त्यस्ता सेवा, सुविधा अर्को महिनाका सेवा, सुविधामा थप हुने व्यवस्था रहेको छ । यी प्याकलाई सजिलै एनसेल एपमार्फत वा एष्ट्रिक्स १२३ एष्ट्रिक्स ९ ह्यास डायल गरेर, वा नजिकको एनसेल रिटेलर स्टोर अर्थात प्वाइन्ट अफ सेल्समा गएर खरिद गर्न सकिन्छ ।
सधैं अन रिन्यूअल प्याक अर्थात हरेक महिना ३० दिनमा नविकरण हुने यी प्याकमा ग्राहकले पुरै एक महिनाको समयसीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्छन् । यसमा साधारण सधैं अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढिको समयावधि रहेको छ । यी प्याकमा यूट्युबमा अनलिमिट्ड भिडियो स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्री डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ र केही प्याकमा ग्राहकले परिवारजन, साथीभाइ, र सहकर्मीसँग महिनाभर जतिपनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउँछन् ।
रिन्यूअल प्याक अन्तर्गत एनसेलले बेस्ट रिन्यूअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डेटा रिन्यूअल गरि तीन प्रकारका प्याकहरू संचालनमा ल्याएको छ । पहिलो बेस्ट अन्तर्गत कर सहित मासिक ३९९ रूपैयाँ, ४९९ रूपैयाँ, र ५९९ रूपैयाँका प्याकहरु रहेका छन् । यसमा भ्वाइस, डेटा, र एसएमएस साथै अनलिमिटेड यूट्युव, अनलिमिटेड नाइट डेटा समावेश छन् । प्याकअनुसार, यसमा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्मको डेटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम, र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्छन् ।
दोस्रोमा अनलिमिटेड रिन्यूअल प्याक अन्तर्गत कर सहित ७९९ रूपैयाँ, ९९९ रूपैयाँ, र १,४९९ रूपैयाँका प्याकहरु समावेश रहेका छन् । यी प्याकहरुमा ग्राहकले कुनैपनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड यूट्युब, अनलिमिट्ड नाइट डेटाका साथै प्याकअनुसार ३० जीबीदेखि १०० जीबीसम्मको डेटा र ७९ देखि १४९ वटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन् ।
त्यसैगरी तेस्रो रिन्यूअल सेवा अन्तर्गत डेटा र भ्वाइसमात्र पाइने प्याकहरु रहेका छन् । उदाहरणका लागि एनसेलका १९९ रूपैयाँ देखि ४४९ रूपैयाँ सम्मका लोकप्रिय भ्वाइस रहेका छन् । त्यसैगरी डेटामा २९९ रूपैयाँ बाट शुरु हुने प्याक समावेश छन् ।
एनसेलले रिन्यूअल अर्थात नवीकरण ग्राहकका लागि अप्रत्याशित नहोस् भनेर प्याक खरिदको प्रक्रियालाई ध्यानपूर्वक डिजाइन गरेको छ, जसले गर्दा ग्राहकले रिन्यूअल अर्थात नवीकरणको समय/मितिबारे अग्रिम जानकारी पाउँछन् । साथै, नवीकरण समय आउनु अघि नै ग्राहकले नियमित रुपमा प्याक खरिद गर्ने विकल्प पनि पाउँछन् ।
प्रतिक्रिया